Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

दुर्गा प्रसाईंलाई म्याद थपका निम्ति लगियो सरकारी वकिल कार्यालय

दुर्गा प्रसाईंलाई म्याद थपका निम्ति लगियो सरकारी वकिल कार्यालय

अर्थ प्लस
दुर्गा प्रसाईंलाई म्याद थपका निम्ति लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । मध्यरातमा पक्राउ गरिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका निम्ति मंगलबार (मंसिर २) सरकारी वकिल कार्यालयमा लगिएको छ ।

सो क्रममा पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा प्रसाईँले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताए ।  उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ ।

प्रसाईँलाई गएइराति भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीलाई पक्राउ गरेको थियो । आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको हो।

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । यतिमात्रै होइन देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरूलाई चेतावनी दिएको सार्वजनिक भएको थियो । 

सम्बन्धित समाचार