Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

हिमालयन इनर्जीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

हिमालयन इनर्जीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

अर्थ प्लस
हिमालयन इनर्जीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं : सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा हिमालयन इनर्जीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यो सम्झौतापछि सिटिजन्स क्यापिटलले हिमालयन इनर्जी लिमिटेडको आगामी साधारण सेयर (आईपीओ) निष्कासनको सम्पूर्ण बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ।

गत असोजमा सम्पन्न कम्पनीको साधारणसभाले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गर्ने निर्णय गरेकोमा त्यसको २० प्रतिशत अर्थात् १० लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्ने स्वीकृत गरेको थियो। सोही आईपीओ निष्कासन प्रक्रिया अब सिटिजन्स क्यापिटलले व्यवस्थापन गर्नेछ।

हिमालयन इनर्जी लिमिटेडले जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा दीर्घकालीन लगानी केन्द्रित रणनीति अंगीकार गरेको छ। कम्पनीले दोलखाको कालिन्चोक गाउँपालिका–१ थामी गाउँमा ३ मेगावाट क्षमताको कालिन्चोक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

सम्बन्धित समाचार