Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

बाराही हाइड्रोपावरको १९.५७ लाख कित्ता सेयरको लक इन अवधि पुसमा समाप्त हुने

बाराही हाइड्रोपावरको १९.५७ लाख कित्ता सेयरको लक इन अवधि पुसमा समाप्त हुने

अर्थ प्लस
बाराही हाइड्रोपावरको १९.५७ लाख कित्ता सेयरको लक इन अवधि पुसमा समाप्त हुने

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको संस्थापक सेयरधनीहरूको लक–इन अवधि आगामी पुस १ गतेदेखि सकिँदै छ।

योसँगै कम्पनीको कुल १९ लाख ५७ हजार ८० कित्ता सेयर बजारमा कारोबारयोग्य हुनेछ। जसमा संस्थापक समूहको १८ लाख कित्ता, कर्मचारीका लागि छुट्याइएको ११ हजार ८० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आरक्षित १ लाख ४६ हजार कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो।

नेपाल धितोपत्र बोर्डमा कम्पनीको कुल २५ लाख कित्ता सेयर सूचीकृत छ। कम्पनीले २०७९ मंसिर २१ देखि २८ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो भने सो आईपीओ २०७९ पुस ३ गते बाँडफाँड गरिएको थियो।

लक–इन अवधि सकिएपछि यी सेयरहरू दोस्रो बजारमा खरिद–बिक्री गर्न सकिने छ।

सम्बन्धित समाचार