Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सलिकोको १.१४ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

सलिकोको १.१४ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

अर्थ प्लस
सलिकोको १.१४ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं, चैत २८ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर आज (चैत्र २८ गते)देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा ल्याइएको उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति जेठ १ गते रहेको छ ।

सम्बन्धित समाचार