Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा १० प्रतिशत छुट पाउने

अर्थ प्लस
एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा १० प्रतिशत छुट पाउने

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre  मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले थेरापी सेन्टरसँग सम्झौता गरेको हो। 

उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरूले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौँ र बुटवलमा रहेको यस सेन्टरका शाखाहरूमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

सो सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

सम्बन्धित समाचार