Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सेबोनद्वारा वाणिज्य बैंकका मुद्दती निक्षेपमा लगानी, प्रस्ताव पेस गर्न आह्वान

सेबोनद्वारा वाणिज्य बैंकका मुद्दती निक्षेपमा लगानी, प्रस्ताव पेस गर्न आह्वान

अर्थ प्लस
सेबोनद्वारा वाणिज्य बैंकका मुद्दती निक्षेपमा लगानी, प्रस्ताव पेस गर्न आह्वान

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने भएको छ।

सेबोनले आइतबार एक सूचना प्रकाशित गर्दै सेबोनको अक्षय कोषमा रहेको रकम वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने जनाएको हो। यसका लागि आफूले दिन सक्ने एकवर्षे ब्याज दरसहित इच्छुक वाणिज्य बैंकले यो सूचना प्रकाशित भएको मितिले ५ कार्य दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेस गर्नु पर्नेछ ।

प्राप्त सिलबन्दी प्रस्तावहरु सेबोनले प्रस्ताव पेस गर्ने अन्तिम दिन अपराह्न ४ः०५ बजे सेबोनको खुमलटारस्थित कार्यालयमा खोल्नेछ।

लगानीसम्बन्धी अन्तिम निर्णय सेबोनमा निहित हुने जनाइएको छ । 

सम्बन्धित समाचार