Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

कोसी प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना

कोसी प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना

अर्थ प्लस
कोसी प्रदेशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशका थोरै स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । खासगरी कोसी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने अनुमान छ भने बाँकी भागमा मौसम मुख्य रूपमा सफा रहनेछ । कोसी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै छ ।

राति पनि कोसी प्रदेशका पहाडी र हिमाली भेगमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

हाल देशभर कुनै ठूलो मौसमी प्रणाली सक्रिय नरहेको विभागले स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार