Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रिडी पावरको ११ लाख ३५ हजार शेयर लिलामीमा

रिडी पावरको ११ लाख ३५ हजार शेयर लिलामीमा

अर्थ प्लस
रिडी पावरको ११ लाख ३५ हजार शेयर लिलामीमा

काठमाडौं, चैत ३० । रिडी पावर कम्पनीले ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको सेयरबिक्री खुला गरेको हो ।

जसका लागि न्यूनतम १०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त शेयरमा २०८१ साल वैशाख ९ गतेसम्म रहेको छ । कम्पनीको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले गत फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

लिलामी सेयरमा आवेदन दिन पाउने स्थान मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं,मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर रहेको छ ।

सम्बन्धित समाचार