Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

शिवश्री हाईड्रोपावरको लिलामी सेयर बाँडफाँडमा नपरेकाको रकम फिर्ता भुक्तानी आजदेखि

शिवश्री हाईड्रोपावरको लिलामी सेयर बाँडफाँडमा नपरेकाको रकम फिर्ता भुक्तानी आजदेखि

अर्थ प्लस
शिवश्री हाईड्रोपावरको लिलामी सेयर बाँडफाँडमा नपरेकाको रकम फिर्ता भुक्तानी आजदेखि

काठमाण्डौ । शिवश्री हाईड्रोपावर लिमिटेडको लिलामी प्रक्रियामा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन दिएका तर बाँडफाँडमा नपरेका लगानीकर्ताहरूको रकम फिर्ता प्रक्रिया आज (मंसिर ९ गते) देखि सुरु भएको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार, बाँडफाँडमा नपरेको रकम आवेदकहरूले फारममा उल्लेख गरेको बैंक खातामा आईपीएस (इन्स्ट्यान्ट पेमेन्ट सिस्टम) मार्फत आजदेखि नै जम्मा गरिनेछ।

कम्पनीले गत कात्तिक २० देखि २७ गतेसम्म बोलकबोल (लिलामी) मार्फत बिक्रीमा राखेको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद सेयरको शिलबन्दी बोलपत्र मंसिर ३ गते खोलिएको थियो र मंसिर ८ गते बाँडफाँड सम्पन्न भएको थियो।

उक्त लिलामीको कट–अफ मूल्य (अन्तिम निर्धारित मूल्य) १४० रुपैयाँ कायम भएको छ। १४० रुपैयाँ वा सोभन्दा माथि बोलपत्र पेश गर्ने आवेदकहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले जनाएको छ।

सम्बन्धित समाचार