Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

नेक्सजेन म्यानेजमेन्टको आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

नेक्सजेन म्यानेजमेन्टको आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

अर्थ प्लस
नेक्सजेन म्यानेजमेन्टको आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

काठमाडौं। नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने एक सय अंकित दरका १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १५ करोड मूल्य बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

आईपीओ निष्काशन गर्न कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। उक्त शेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सका तर्फबाट प्रबन्ध संचालक रमेश कुमार भट्टराई तथा सन्राइज क्यापिटलका तर्फबावाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरे।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्समा हाल अधिकृत पुँजी एक अर्ब तथा जारी पुँजी ५० करोड रहेको छ। कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार छ वर्ष खुद मुनाफा आर्जन गरिरहेको, गत वर्ष नगद लाभांस वितरण गरी यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ सेयरको अंकित मूल्यभन्दा बढी छ।

कम्पनीको अध्यक्षमा पूर्वबैकर तथा बिमा प्राधिकरणका पूर्वअध्यक्ष देवेन्द्र प्रताप शाह छन्। सम्झौता समाहरोहमा कम्पनीका सेयरधनी विजय बहादुर शाह र कमल पन्थीको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार