Logo

Oct 28 2026 | २०८३, कात्तिक १२गते

images

कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा

कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा

अर्थ प्लस
कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअन्तर्गत ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश  रहेको छ।

प्रस्तावित यो लाभांश कम्पनीको आगामी ११औँ वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूमाझ वितरण गरिनेछ।

यसै बैठकले सञ्चालक समितिका सदस्य दीपक राज शिवाकोटीले पेस गरेको राजीनामा पनि स्वीकृत गरेको छ। उनको राजीनामा मंसिर १० गतेदेखि नै लागू भएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार