Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिद्धार्थ बैंकको ५.१० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ बैंकको ५.१० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
सिद्धार्थ बैंकको ५.१० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, बैशाख ११ । सिद्धार्थ बैंक लिमिटेडले पाँच लाख १० हजार ३०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी संजय कुमार केडियाको नाममा रहेको चार लाख ५० हजार र रुबिका अग्रवालको नाममा रहेको ६० हजार ३०७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । यसका लागि ३५ दिनभित्र आवश्यक कागजात सहित खरिद गर्न चाहेको कित्ता विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट कुनै खरिद आवेदन नपरेमा गैर संस्थापक व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले बताएको छ ।

सम्बन्धित समाचार