Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

डिप्रोक्स लघुवित्तले १५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

डिप्रोक्स लघुवित्तले १५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अर्थ प्लस
डिप्रोक्स लघुवित्तले १५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मंसिर २५ गते (बिहीबार बिहान) बसेको सञ्चालक समितिको ३८५औँ बैठकले उक्त निर्णय गरेको हो। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश समावेश छ।

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ। यसअनुसार सेयरधनीहरूलाई १८ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर र ९ करोड ३४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण हुनेछ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ।

यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरूमाझ वितरण गरिनेछ।

960-1234.jpg

सम्बन्धित समाचार