Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश दिने

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश दिने

अर्थ प्लस
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश दिने

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश सम्बन्धी उक्त निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको कुल ८.४२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमध्ये ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार