Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रतिकित्ता २५० रुपैयाँमा यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

प्रतिकित्ता २५० रुपैयाँमा यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
प्रतिकित्ता २५० रुपैयाँमा यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं, बैशाख १४ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी पृथी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको सुन्धारास्थित प्रधान कार्यालय सि.टि.सि मलमा खरिद गर्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापकहरूबाट शेयर खरिदको निवेदन नआएमा प्रचलित नियमानुसार उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार