काठमाडौँ । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित माघ ९ गते साधारणसभा बोलाएको छ। सभा ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा बिहान १०ः४५ बजेबाट सुरु हुने तय गरिएको छ।
सभामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने निर्णयसँगै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, ऋण लिने तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू प्रस्तुत गरिनेछ।
