Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

बन्दीपुर केवलकार एण्ड टुरिजमको पाँचौँ वार्षिक साधारण सभा पुस ३० गते , बुक क्लोज कहिले ?

बन्दीपुर केवलकार एण्ड टुरिजमको पाँचौँ वार्षिक साधारण सभा पुस ३० गते , बुक क्लोज कहिले ?

अर्थ प्लस
बन्दीपुर केवलकार एण्ड टुरिजमको पाँचौँ वार्षिक साधारण सभा पुस ३० गते , बुक क्लोज कहिले ?

काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा पुस ३० गते आयोजना गर्ने भएको छ। कम्पनीको पुस ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले तनहुँस्थित बन्दीपुर केवलकार परियोजना क्षेत्रमै बिहान १० बजेबाट सभा सुरु गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरण पारित गर्ने एजेन्डा प्रस्तुत गरिनेछ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची समेत तय गरिएको छ। साथै, सञ्चालक समितिले हालसम्म गरेका निर्णयहरूलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। तोकिएको मितिसम्म कायम सेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

सम्बन्धित समाचार