Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

नेपालको आर्थिक भविष्यप्रति अमेरिका पूर्णप्रतिबद्ध छः अमेरिकी राजदूत थम्पसन

नेपालको आर्थिक भविष्यप्रति अमेरिका पूर्णप्रतिबद्ध छः अमेरिकी राजदूत थम्पसन

अर्थ प्लस
नेपालको आर्थिक भविष्यप्रति अमेरिका पूर्णप्रतिबद्ध छः अमेरिकी राजदूत थम्पसन

काठमाडौं, बैशाख १६ । संयुक्त राज्य अमेरिका नेपालको आर्थिक भविष्यप्रति पूर्णप्रतिबद्ध रहेको जनाएको छ । लगानी सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत थम्पसनले यस्तो बताएका हुन् ।

अमेरिकाले नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धन गरेको छ र नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध रहेको जनाए । उनले वित्तीय सेवा र व्यवसाय विकास सेवाहरूमा नेपालको निजी क्षेत्रको पहुँच र व्यापारिक वातावरणमा सुधार, बलियो र अधिक उत्पादनशील कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै नेपालको उच्च(प्रविधि क्षेत्रको विकास गर्न मद्दत गरिरहेको उनले जनाए ।

‘यी ७७ वर्षहरूमा अमेरिकाले नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धन गरेको छ र नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध रहेको छ–सबै नेपालीका लागि आर्थिक अवसरहरू सिर्जना गर्ने साथै महिला र सीमान्तकृत समुदायहरू केन्द्रित थप परियोजनाहरू सहित सहयोग गर्न । हामीले वित्तीय सेवा र व्यवसाय विकास सेवाहरूमा नेपालको निजी क्षेत्रको पहुँच र व्यापारिक वातावरणमा सुधार, बलियो र अधिक उत्पादनशील कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै नेपालको उच्च-प्रविधि क्षेत्रको विकास गर्न मद्दत गरिरहेका छौं’ राजदूत थम्सनले भने ।

सम्मेलनमा उनले नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्ने अमेरिकी प्रतिबद्धतालाई जोड दिँदै वासिङ्टन, डिसीस्थित अमेरिकी सरकारका अधिकारीहरूको भिडियो सन्देश पनि प्रस्तुत गरे ।

नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहँदै गर्दा, यो सम्मेलन अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताए । नेपाल सरकारले आर्थिक वृद्धिका लागि सुधारहरू अवलम्बन गर्न र आफ्नो प्रभावशाली लोकतान्त्रिक प्रगतिलाई अझ अगाडि बढाउन निरन्तर चालेका कदमहरू पनि महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार