Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

बालेनको समूहले पाए रास्वपामा महामन्त्रीसहित २७ केन्द्रीय सदस्य

बालेनको समूहले पाए रास्वपामा महामन्त्रीसहित २७ केन्द्रीय सदस्य

अर्थ प्लस
बालेनको समूहले पाए रास्वपामा महामन्त्रीसहित २७ केन्द्रीय सदस्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को समूहले महामन्त्रीसहित २७ केन्द्रीय सदस्य पाउने भएको छ। यसबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समिति बैठक बसिरहेको छ। 

दुवै पक्षबीच भएको आइतबार भएको छलफलमा बालेन पक्षलाई महामन्त्री दिने सहमति भएको एक पदाधिकारीले बताए। ‘बालेनको तर्फबाट महामन्त्रीमा सुनिल लम्साल, सहमहामन्त्रीमा भुपदेव शाह र सहप्रवक्तामा सस्मित पोखरेलको नाम आएको छ,’ ती पदाधिकारीले भने, ‘सायद यहि नाममै निर्णय हुन्छ।’

महामन्त्रीमा प्रस्तावित लम्साल बालेनको सल्लाहकारका टिमको सदस्य हुन्। त्यस्तै, सहमहामन्त्रीमा प्रस्तावित शाह बालेनका स्वकीय सचिव हुन्। 

आइतबार दिउँसो बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विवेकशील साझाबाट आएका नेतलाई समायोजन गरेको थियो। अब बस्ने बैठकले बालेनको समूहबाट आएका नेतालाई समायोजन गर्ने जनाइएको छ। 

यसै विषयमा सहमति गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै छ। प्रवक्ता मनिष झाका अनुसार, सवा ७ बजे सुरु हुने बैठकले पार्टी समायोजन, विस्तार एवं सुदृढिकरणबारे निर्णय गर्नेछ। 

सम्बन्धित समाचार