२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेखन कार्य सुरु गर्न निर्देशन दिएका छन्।
पार्टी समायोजन सभामा सम्बोधन गर्दै उनले भने, “रास्वपाको उत्साह देखेर पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई म भन्छु— डा’साप, आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्।”
लामिछानेले पार्टीमा कवि, कलाकार, मोडलहरू जोडिएको भन्दै आलोचना गर्नेहरूलाई जवाफ फर्काए। उनले भने, “तपाईंहरूले उनीहरूलाई गरिखान दिनुभयो र? बाध्य भएर हस्तक्षेप गर्न राजनीतिमा आएका हुन्।”
उनले अन्य दलबीच हुने एकता र विघटनका अनुहार हेरिरहेको उल्लेख गर्दै देश निर्माणको यात्रामा गोलबद्ध हुन आग्रह गरे।
