Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

अब अमेरिका जाँदा नेपालीले लाखौं रकम धरौटी राख्नुपर्ने

अब अमेरिका जाँदा नेपालीले लाखौं रकम धरौटी राख्नुपर्ने

अर्थ प्लस
अब अमेरिका जाँदा नेपालीले लाखौं रकम धरौटी राख्नुपर्ने

काठमाडौं– अमेरिकाले भिसासम्बन्धी नियममा व्यापक कडाइ गर्दै धरौटी राख्नुपर्ने देशको संख्या बढाएको छ ।  पछिल्लो पटक थपिएका देशको सूचीमा नेपालको पनि नाम समावेश छ । 

अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार अब नेपाली नागरिकले पनि अमेरिकाको पर्यटक वा व्यावसायिक (बी–१ र बी–२) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने भएको छ । यो नियम जनवरी २१ देखि लागु हुने भनिएको छ । 

भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले व्यक्तिको अवस्था हेरेर धरौटीको रकम तय गर्नेछन् । यस्तो धरौटीको न्यूनतम रुपैयाँ ५ हजार अमेरिकी डलरदेखि अधिकतम् १५ हजार अमेरिकी डलर हुनेछ ।

अमेरिका जाने नेपालीहरूले आफू खुसी जुनसुकै विमानस्थल प्रयोग गर्न पाउने छैनन् । न्युयोर्कस्थित जोन एफ। केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्गटन डीसीस्थित वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै अमेरिका छिर्न र बाहिरिन पाइनेछ ।

सम्बन्धित समाचार