Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एक लाख ३३ हजार निर्वाचन प्रहरीका लागि आवेदन आह्वान (सूचनासहित)

एक लाख ३३ हजार निर्वाचन प्रहरीका लागि आवेदन आह्वान (सूचनासहित)

अर्थ प्लस
एक लाख ३३ हजार निर्वाचन प्रहरीका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौं । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ ।

दरखास्त पुस २५ देखि माघ १ गतेसम्म दिन सकिनेछ । बिहान १० देखि अपराह्न ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ ।

दरखास्त दिने व्यक्ति १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । सेवाअवधी कम्तीमा ४० दिन हुने बताइएको छ ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्दै छ । सोही प्रयोजनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो । 

1-1767840608.jpg
undefined

सम्बन्धित समाचार