Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला २ हजार सय रुपैयाँले सुनको मूल्य घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १०० रुपैयाँले घटेको हो।

बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज घटेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार