Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

आजबाट निर्वाचन प्रहरीको भर्नाका लागि फर्म खुलाः दरखास्त दिनेको ताँती 

आजबाट निर्वाचन प्रहरीको भर्नाका लागि फर्म खुलाः दरखास्त दिनेको ताँती 

अर्थ प्लस
आजबाट निर्वाचन प्रहरीको भर्नाका लागि फर्म खुलाः दरखास्त दिनेको ताँती 

काठमाडौं । सरकारले आजबाट निर्वाचन प्रहरीको भर्नाका लागि फर्म खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ ।

जसअनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंमा आजबाट दरखास्त लिने क्रम सुरु भएको हो । यो क्रम आगामी माघ १ गतेसम्म जारी रहने जनाइएको छ । बिदाको दिन पनि दरखास्त लिइने सूचनामा उल्लेख छ । जिल्ला प्रहरी परिसरहरू ९काठमाडौं, भक्तपुर र ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिन्छ ।

निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रुपमा भर्ना भई सन्तोषजनक रुपमा काम गरेका व्यक्ति र विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउनेछन् ।

सम्बन्धित समाचार