Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो ?

४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो ?

अर्थ प्लस
४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो । आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ९० रुपैयाँ कायम थियो ।

सम्बन्धित समाचार