Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सुन चाँदीको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

सुन चाँदीको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

अर्थ प्लस
सुन चाँदीको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

काठमाडौं । विगत केही दिनदेखि नै सुनचाँदीले नयाँ मूल्य रेकर्ड बनाइरहेको छ । यसै क्रममा आज बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन मंगलबार २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो ।

साथै चाँदीको मूल्य उच्च दरले बढेको छ । एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको मूल्य बढेको हो । आजको दिन चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार