आज वि.सं. २०८२ साल माघ १ गते, बिहीबार तदनुसार इस्वी सन् २०२६ जनवरी १५ तारिख, नेपाल संवत् ११४६ , सिद्धार्थी संवत्सर, उत्तरायनं, शिशिर ऋतु, श्रीशाके १९४७, माघ कृष्णपक्ष, द्वादशी तिथी, बेलुकी ८ः३२ बजेपछि त्रयोदशी, ज्येष्ठा नक्षत्र, आनन्दादिमा–काल योग, चन्द्रराशि–वृश्चिक ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सवारी र आर्थिक क्षेत्रमा सतर्कता आवश्यक छ, व्यापारमा घाटा र परिवार–प्रेम सम्बन्धमा तनाव बढ्न सक्छ। कार्यक्षेत्रमा संघर्षपछि मात्रै सफलता मिल्नेछ। राजनीतिक तथा जिम्मेवारीपूर्ण भूमिकामा सक्रिय हुनुपर्ने समय छ। स्वास्थ्य, गोपनीयता र योजनामा बाधा आउने सम्भावना रहन्छ। आम्दानी घट्ने र पहिलेका समस्या दोहोरिन सक्ने संकेत छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नै प्रयासले व्यापारमा लगानी गरी समृद्धि हासिल गर्न सकिनेछ। विगतका कमजोरी सुधारिँदै सफलता तर्फ अगाडि बढ्ने संकेत छन्। प्रेममा सकारात्मकता रहे पनि आफन्तसँग विवाद हुन सक्छ। यात्रा तथा सवारी प्रयोगमा सावधानी आवश्यक छ। प्रतिस्पर्धा बढ्ने भए पनि लगनशीलताले सफलता मिल्नेछ। परिवारको साथ, मनोरञ्जन र भौतिक सुविधाले जीवनशैलीमा सुधार आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धीलाई पछि पार्दै सकारात्मक नतिजा हात पारिनेछ। प्रेम र दाम्पत्य सम्बन्ध मजबुत हुनेछ। निर्माण सामग्री तथा खाद्यान्नमा लगानी बढेर आम्दानी विस्तार हुनेछ। मावली पक्षबाट सहयोग मिल्नेछ। रोकिएका काम अघि बढ्नेछन्। आर्थिक स्थिति सबल बन्दै नयाँ अवसर खुल्नेछन्। तर स्वास्थ्य र खानपानमा सतर्कता आवश्यक छ। मेहनतले जीवनशैलीमा सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक क्षमता र सही निर्णयले चुनौती पन्छाइ काम सफल बनाउन सकिनेछ। पारिश्रमिक प्राप्ति र मन परेको व्यक्तिबाट उपहार आउन सक्छ। सन्तानको सहयोगले काम अघि बढ्नेछ। साना लगानीबाट लाभ मिल्ने तर केही काममा ढिलाइ हुन सक्छ। स्वास्थ्य र खानपानमा ध्यान आवश्यक छ। शुभचिन्तकको साथ रहनेछ, तर अरूका विषयमा अत्यधिक चासोले झमेला निम्त्याउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक सम्पत्ति र सवारी साधन प्राप्तिको योग छ, धार्मिक–सामाजिक कामबाट मान–सम्मान बढ्नेछ। अध्ययनमा प्रगति र परिवारको सहयोग पाइनेछ, तर खर्च र स्वास्थ्य समस्या सम्भावित छन्। पुराना समस्या समाधान भए पनि यात्रा कष्टकर हुन सक्छ। साझेदारीमा असमझदारी बढ्न सक्छ, वचनमा सावधानी अपनाउनुपर्छ। योजना गोप्य राख्दा सुरक्षा मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
औषधीजन्य र उपभोग्य वस्तुको व्यापारमा लगानी लाभदायक हुनेछ। भौतिक स्रोत जुटेर साहसिक कामबाट नाम–दाम कमाउन सकिनेछ। मन परेको व्यक्तिसँग यात्रा र सामाजिक कामबाट समर्थन पाउन सकिन्छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु हुनेछन्। प्रतिस्पर्धी कमजोर पर्दै व्यवसायमा फाइदा बढ्नेछ। सहयोगीहरूको साथले लक्ष्यतर्फ अगाडि बढ्न ऊर्जा मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धि र वाणीको प्रयोगले प्रशंसक तथा समर्थक बढ्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ र कला, संगीत वा मोडलिङ क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम मिल्नेछ। अध्ययन तथा खोजीमा रुचि बढ्नेछ। तर बोलीको गलत अर्थ लाग्न सक्छ, विवादले मान–सम्मानमा असर पर्न सक्छ। कमजोरीको फाइदा अरूले उठाउन नदिन सावधान रहनुपर्छ। खर्च र काममा केही उल्झन पनि देखिन्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुराना कमजोरी सुधार्दै नयाँ काम सुरु गर्न सकिनेछ। परिवारको सद्भाव, जमघट र प्रेम सम्बन्धले मन प्रसन्न हुनेछ। औषधीजन्य तथा उपभोग्य व्यापारमा लगानीले आर्थिक अवस्था बलियो बन्नेछ। राजनीतिज्ञ र पत्रकारका लागि समय अनुकूल छ। प्रतिष्ठा बढ्नेछ तर फजुल खर्च र व्यस्त जीवनशैली चुनौती बन्न सक्छ। स्वास्थ्य र सम्बन्धमा सावधानी आवश्यक छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठूला योजनाहरू अहिले सुरु नगर्नु उपयुक्त छ, स्वास्थ्य समस्या र अनावश्यक यात्राले जोखिम बढाउन सक्छ। नियम उल्लङ्घनले सजाय निम्त्याउन सक्छ। विदेश यात्रा तथा वैदेशिक रोजगारीमा सफलता मिलने सम्भावना बलियो छ। तर खर्च वृद्धि, कार्यमा ढिलाइ, तनाव र विवाद देखिन सक्छन्। परिवारसँग यात्रा–मनोरञ्जनमा समय बिते पनि आर्थिक तथा व्यवहारिक सतर्कता आवश्यक रहन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार र वैपारिक लगानीले ठूलो लाभ र धन आगमनको योग छ। तरल पदार्थ, औषधी, खाद्यान्न र खनिज व्यापार फस्टाउनेछ। प्रेम र पारिवारिक जीवन सुखद रहनेछ। आय बढ्ने र भौतिक साधन जुट्ने समय छ। कानुनी पक्ष मजबुत छ, स्वास्थ्य राम्रो रहनेछ। अनावश्यक खर्च र बोलिमा सावधानी आवश्यक छ। कृषि, पशुपालन र चल–अचल सम्पत्तिबाट लाभ उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रुचिको अध्ययनले बौद्धिक स्तर बढ्नेछ। राजनीति र विशिष्ट व्यक्तित्वसँगको सङ्गतले लाभ पुर्याउनेछ। कृषि, पशुपालन र व्यापारमा आधुनिकरण र पुरुषार्थले मनग्गे आम्दानी र दीगो फाइदा ल्याउनेछ। प्रेम सम्बन्ध नजिक हुनेछ। धार्मिक यात्रा, मनोरञ्जन र खानपानका अवसर मिल्नेछ। प्रतीक्षित काम सम्पन्न भएर प्रतिष्ठा, दाम–इनाम र कीर्तिमानी लाभ प्राप्त हुनेछ। साथीभाइको सहयोगले उत्साह बढाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक, सिर्जनात्मक र धर्म–अध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। औषधीजन्य र दैनिक उपभोग्य वस्तुको व्यापारबाट आम्दानी बढ्नेछ। दाम्पत्य र पारिवारिक सम्बन्ध सुमधुर रहला। पुराना प्रयासको सफलता आशा जगाउनेछ। महत्वकांक्षी योजना पूरा हुने र नयाँ परियोजनामा लगानी सम्भावित छ। स्वास्थ्य कमजोर हुन सक्छ, सामाजिक काममा ढिलाइ र अवसरवादी चुनौती देखिनेछ। मेहनतले भविष्यमा उपलब्धि दिलाउनेछ।
