Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

घुस लिएको आरोपमा महाराजगञ्ज नगरपालिका वडाध्यक्ष उजेर अली विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

घुस लिएको आरोपमा महाराजगञ्ज नगरपालिका वडाध्यक्ष उजेर अली विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अर्थ प्लस
घुस लिएको आरोपमा महाराजगञ्ज नगरपालिका वडाध्यक्ष उजेर अली विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, बैशाख १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीलाई घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस÷रिसवत माग गरिरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको थियो ।

अनुसन्धानको सिलसिलामा वडा अध्यक्ष उजेर अलीले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकोले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा बिगो रु.१५,०००।– (पन्ध्र हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) खण्ड (क) बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आज आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए ।

सम्बन्धित समाचार