काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा पदभार ग्रहण गरी जनकपुर पुगेका बालेन शाहलाई स्वागत गर्न बसेको भीडका कारण विमानस्थलको सिसा फुटेको छ।
काठमाडौं महानगरको मेयरबाट आजै मात्र राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर पुगेका हुन्। रास्वपा सभापति रवि लामिछानेसहित नेताहरूसँग बालेन जनकपुर विमानस्थल पुगेका थिए।
यस क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनको स्वागत गरेका थिए। उनीहरूलाई स्वागत गर्ने क्रममा जनकपुर विमानस्थलको एउटा सिसाको ढोका फुटेको हो। विमानस्थलबाट बाहिर निस्किने क्रममा ढोकामा समर्थकहरूको ठूलो भिड लागेको थियो।
