Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

दमकमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, सुरक्षाकर्मीको व्यापक परिचालन

दमकमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, सुरक्षाकर्मीको व्यापक परिचालन

अर्थ प्लस
दमकमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, सुरक्षाकर्मीको व्यापक परिचालन

काठमाडौं । मंगलबार झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार मनोनयन दर्ता क्रममा झडप भएको छ।

दमकको गोल्चोक क्षेत्रमा रास्वपाका समर्थकहरू बालेन शाहसँगै उम्मेदवारी दर्ता गर्न गएका थिए भने एमाले अध्यक्ष केपी शर्मा ओली पनि केही बेरमा उम्मेदवारी दर्ता गर्न जाने कार्यक्रम रहेको कारण एमाले कार्यकर्ता ठूलो संख्यामा उपस्थित भएका थिए। दुई पक्ष आमनेसामने भएपछि झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भई झडपमा परिणत भएको बताइएको छ।

इलाका प्रहरी कार्यालय दमकले अवस्था नियन्त्रणमा रहेको जनाएको छ। सम्भावित असुरक्षालाई ध्यानमा राख्दै प्रशासनले दमक चोक र निर्वाचन कार्यालय आसपासको क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ। एमाले अध्यक्ष ओली दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ।

 

सम्बन्धित समाचार