Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

रबिलाई धक्का, जिल्ला अदालतले माग्यो १ करोड धरौटी

रबिलाई धक्का, जिल्ला अदालतले माग्यो १ करोड धरौटी

अर्थ प्लस
रबिलाई धक्का, जिल्ला अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको छ। आज भएको सुनुवाइपछि अदालतले यस्तो निर्णय गरेको हो।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा दायर मुद्दामा सुनुवाइ गर्दै अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। सहकारीसम्बन्धी अन्य मुद्दाहरू विभिन्न जिल्लामा अगाडि बढिसके पनि पर्साको सुनुवाइमा ढिलाइ भएको थियो।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग्ने आदेश जारी गरेको हो। लामिछाने आजै अदालतमा तारेखका लागि उपस्थित भएका थिए। अदालतबाट बाहिरिएपछि उनी चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन्।

सम्बन्धित समाचार