Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

अर्थ प्लस
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंमा आज सुनचाँदीको मूल्य इतिहासकै उच्च स्तरमा पुगेको छ। बिहीबारको तुलनामा आज प्रतितोला सुन ९,२०० रुपैयाँले बढेर तीन लाख एक हजार ४०० कायम भएको छ भने चाँदी ३२० रुपैयाँले बढेर छ हजार १९० पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिनयता सुनचाँदीको मूल्य लगातार बढिरहेको छ। गत बुधबार सुनको मूल्य दुई लाख ९५ हजार १०० र चाँदी पाँच हजार ९२० थियो। मंगलबार सुन दुई लाख ८४ हजार ७०० र चाँदी पाँच हजार ८८० मा कारोबार भएको थियो। आइतबार सुन दुई लाख ७८ हजार ८०० र चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो। सोमबार सुन दुई लाख ८२ हजार र चाँदी पाँच हजार ८१० कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य वृद्धि भएको छ। आज एक औँस सुन ४,९६० अमेरिकी डलरमा र चाँदी ९८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित समाचार