Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

अर्थ प्लस
भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी साधनहरू प्रदान गरेको छ ।  

निर्वाचनका लागि नेपाल सरकारको आग्रह  अनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारी साधनहरू हस्तान्तरण गरेको हो । बिहीबार अर्थ मन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा। राकेश पाण्डेले सवारी साधनहरूको साँचो हस्तान्तरण गरेका थिए । 

अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधन सहयोग गरेको जानकारी दिए । भारतले उपलब्ध गराउने करिब ६५० वटा विभिन्न किसिमका सवारी साधनमध्ये बिहीबार दोस्रो लटमा करिब २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए । 

यसपछि बाँकी रहेका सवारी सधानका साथै प्रहरीलाई आवश्यक अन्य सामाग्रीहरू समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए । केही दिनअघि भारतले ६० भन्दा बढी सवारीसाधन नेपाललाई हस्तान्तरण गरेको थियो ।

सम्बन्धित समाचार