काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (माघ १६) तोलामा साढे २० हजार रुपैयाँले घटेको हो ।
बिहीबार (माघ १५) सुनको मूल्य तोलामा साढे २० हजारले नै बढेर रेकर्ड बनाएको थियो । यस दिनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेर सात हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो ।
