Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

तराईमा हुस्सु/कुहिरो, कोसी र गण्डकीमा हिमपातको पूर्वानुमान

तराईमा हुस्सु/कुहिरो, कोसी र गण्डकीमा हिमपातको पूर्वानुमान

अर्थ प्लस
तराईमा हुस्सु/कुहिरो, कोसी र गण्डकीमा हिमपातको पूर्वानुमान

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु÷कुहिरो रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकाध स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार तराई भू–भागका थोरै स्थानमा हुस्सु रहनेछ। कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

सम्बन्धित समाचार