Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल इन्स्योरेन्सले ४०% हकप्रद जारी गर्ने, डाक्यो एसजीएम

नेपाल इन्स्योरेन्सले ४०% हकप्रद जारी गर्ने, डाक्यो एसजीएम

अर्थ प्लस
नेपाल इन्स्योरेन्सले ४०% हकप्रद जारी गर्ने, डाक्यो एसजीएम

काठमाडौं, बैशाख १९ ।  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयरको प्रस्ताव पारित गर्न विशेष साधारण सभा (एसजीएम) डाकेको हो ।

सभा जेठ ४ गते शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको वैशाख १८ गते बसेको बैठकले यो निर्णय गरेको हो।

सभाले हाल कायम चुक्ता पूँजी एक अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात् १० शेयर बराबर ४ शेयरको अनुपातले हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै हकप्रद जारी पछि चुक्ता पूँजी वृद्धि हुने हुँदा सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार वैशाख २६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

सम्बन्धित समाचार