Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सिवाईसी नेपाल लघुवित्तको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

सिवाईसी नेपाल लघुवित्तको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

अर्थ प्लस
सिवाईसी नेपाल लघुवित्तको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?

काठमाडौं, बैशाख १९ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा २६३.४० प्रतिशतले बढेको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म ७७ लाख सात हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवमा बढेर दुई करोड ८० लाख रुपैयाँ पुगको हो । गत आवमा कम्पनीको कुल संचालन आम्दानी २२ करोड ९८ लाख रुपैयाँ रहेकोमा चालु आवमा १७.४९ प्रतिशतले बढेर २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २० करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा १७.९९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको थियो ।

समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफामा पनि उल्लेख वृद्धि देखिएको छ । गत आवको तेस्रो त्रैमाससम्म ८७ लाख रुपैयाँ संचालन मुनाफा कमाएको यस कम्पनीको चालु आवमा २९१.०६ प्रतिशतले बढेर तीन करोड ४० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले १७ करोड आठ लाख रुपैयाँ कर्मचारीमा खर्चिको छ । कम्पनीले अघिल्लो आवमा १२ करोड ८३ लाख रुपैयाँ कर्मचारीमा खर्चिएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल संचालन आम्दानी २६ करोड ४५ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा ४७.१७ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीको यस्ता आम्दानी २२ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी ३.८५ रुपैयाँबाट बढेर १४.०२ रुपैयाँ पुगकोे छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ९.८४ प्रतिशतबाट घटेर ४.४७ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा दुई करोड १८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६.४० रुपैयाँ, तरलता अनुपात ९.२७, मूल्य आम्दानी अनुपात १२३.०५ गुणा र आधार दर १७.७७ प्रतिशत रहेको छ ।

चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको यस कम्पनीको रिटेन्ड अर्निङ र रिर्जभमा ३१ करोड रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीले पाँच अर्ब ७४ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने दुई अर्ब २६ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

सम्बन्धित समाचार