Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

images

आइकार भी–२३ इलेक्ट्रिक एसयूभी ८ प्रमुख सहरमा एकैसाथ सार्वजनिक

आइकार भी–२३ इलेक्ट्रिक एसयूभी ८ प्रमुख सहरमा एकैसाथ सार्वजनिक

अर्थ प्लस
आइकार भी–२३ इलेक्ट्रिक एसयूभी ८ प्रमुख सहरमा एकैसाथ सार्वजनिक

काठमाडाैं। शारडा ग्रुप अन्तर्गतको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले आफ्नो बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक एसयूभी ‘आइकार भी–२३’ सार्वजनिक गरेको छ। बिहीबार कम्पनीले देशका ८ प्रमुख सहर बिर्तामोड, विराटनगर, वीरगञ्ज, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढीमा एकैसाथ गाडी सार्वजनिक गरेको हो।

रेट्रो डिजाइन र अत्याधुनिक प्रविधिको सन्तुलन रहेको यो पूर्ण-इलेक्ट्रिक अफ-रोड एसयूभीमा ५९.९३ प्रतिकिलोवाट  को ब्याट्री र १०० किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा  ४०१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ। 

यसको 'बक्सी' लुक्स, २१० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र क्लासिक गोलो हेडलाइटले यसलाई सहरका चिल्ला सडकदेखि अफ-रोड यात्राका लागि समेत उपयुक्त बनाएको छ। सुरक्षाका लागि यसमा लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम  र मनोरञ्जनका लागि १३.२ इन्चको प्रिमियम डिस्प्ले राखिएको छ।

नेपाली बजारका लागि आइकार भी–२३को मूल्य ४९.९९ लाख रुपैयाँ तोकिएको छ। हाल नेपालभर १८ भन्दा बढी नेटवर्क टचपोइन्ट र २१ भन्दा बढी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको एसपीजी अटोमोबाइल्सले सो गाडीको डेलिभरी चाँडै  हुने बताएको छ। 

सम्बन्धित समाचार