आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल कार्तिक १७ गते । मंगलबार । इस्वी सन् २०२६ नोभेम्बर ३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–नवमी, दिउँसो २ बजेर ५८ मिनेट उप्रान्त दशमी । नक्षत्र–अष्लेषा, बिहान ७ बजेर ४८ मिनेट उप्रान्त मघा । योग–शुक्ल, दिउँसो २ बजेर २३ मिनेट उप्रान्त ब्रम्ह । करण–गर, दिउँसो २ बजेर ५८ मिनेट उप्रान्त वणिज, रातको २ बजेर ६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कर्कट, बहान ७ बजेर ४८ मिनेट उप्रान्त सिंह ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १७ मिनेट । दिनमान २७ घडी ३१ पला ।
आजको बार बेला ।
बिहान ६ बजेर १६ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर १७ मिनेटदेखि बिहान ७ बजेर ३९ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर ४० मिनेटदेखि बिहान ९ बजेर १ मिनेटसम्म चर बेला ।
बिहान ९ बजेर २ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म अमृत बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर ९ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर १० मिनेटदेखि दिउँसो २ बजेर ३२ मिनेटसम्म शुभ बेला ।
दिउँसो २ बजेर ३३ मिनेटदेखि दिउँसो ३ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
बेलुकी ३ बजेर ५५ मिनेटदेखि बेलुकी ६ बजेर ५४ मिनेटसम्म काल बेला ।
नोट स् शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान २ बजेर ३१ मिनेटदेखि बिहान ३ बजेर ५४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोटः राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ४१ मिनेटदेखि बिहान ५ बजेर २८मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिन राम्रो छ । आर्थिक उन्नति हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट नाफा मल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानी बढ्नेछ । पुरानो रोगले सताउने जोखिम रहेकाले सचेत हुनुपर्नेछ । दाम्पत्य जीवनमा सुमधुर बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समय राम्रो छ । लगानीको क्षेत्रबाट आम्दानी हुनेछ । अरुको प्रभावमा नपर्नु राम्रो हुन्छ । परिवारसँगको सम्बन्ध सन्तोषजनक रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मनमा उत्साह बढ्ने छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शुभ दिन छ । समाज र देशको सेवा गर्ने अवसर मिल्नेछ । आजको लगानीबाट नाफा हुनेछ । धार्मिक यात्रा हुने योग छ । व्यापारमा फाइदा हुनेछ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आजको दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । धेरै ग्रह सकारात्मक भएकाले तपाईंको काम बन्नेछ । साथीभाइले साथ दिनेछन् । स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दिन सामान्य छ । ठूला लगानीमा हात नहाल्नु उचित हुनेछ । परिवारमा टकराब देखिने भएकाले तपाईंका लागि मौन रहनु फाइदा हुनेछ । व्यापारमा मिहिनेत गर्नुपर्ने समय छ । शत्रु बढ्नेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आलश्य त्याग्नु राम्रो हुन्छ । समाजबाट सम्मान प्राप्त हुनेछ । परिवारबाट सुख मिल्नेछ । दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आर्थिक क्षेत्रमा लाभ हुनेछ । बन्धु सकारात्मक छन् । अपमान सहनुपर्ने हुनसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिन राम्रो छ । लगानीको क्षेत्रमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या देखिने सम्भावना छ । अनावश्यक खर्च बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार फस्टाउनेछ । मिहिनेतको फल मिल्न सक्छ । मानिसलाई खुशी बनाउन सक्ने दिन छ । तर झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दिन सामान्य छ । खर्च बढ्नेछ । सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ । प्रशंसा हुनेछ । दाम्पत्य जीवनमा खटपटी बढ्ने भएकोले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको योजनाले महत्त्वपूर्ण काम बन्नेछ । दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ।
तपाईँको दिन शुभ रहोस् ।
