Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते, थप उपचारका लागि २ जनालाई भारत लगियो

अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते, थप उपचारका लागि २ जनालाई भारत लगियो

अर्थ प्लस
अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते, थप उपचारका लागि २ जनालाई भारत लगियो

काठमाडौँ / अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित कम्पनीमा आगलागी हुँदा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना घाइते भएका हुन् ।

घाइतेमध्ये बाँकेका वर्ष २८ का शिवप्रसाद चमार र वर्ष २२ का रामदिन हरिजनको अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएकोमा मध्यम घाइते भएका दुई जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।

सामान्य घाइते  घाइतेहरूमा जानकी गाउँपालिका–५ बाँकेका वर्ष २४ का प्रेम धोबी, वर्ष २९ का दिलीपकुमार यादव, वर्ष ३५ का लक्ष्मीराम यादव, 
भारतको बहराइच जिल्लाका कठौतिया बस्ने वर्ष २९ का राजकुमार निषाद, वर्ष २४ का नशिव कुमार निषाद र वर्ष २५ का विनोद कुमार निषाद रहेका छन् । 

आज बिहान करिब  ०५ः०४ बजेतिर कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको थियो।  प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ।

आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक गरी तीनवटा दमकल परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ०८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।

आगलागीबाट भएको अन्य भौतिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर के.सी.को कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । 

सम्बन्धित समाचार