Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भाट–भटेनी सुपरमार्केटद्वारा कोटेश्वर स्टोर पुनः सञ्चालनमा

भाट–भटेनी सुपरमार्केटद्वारा कोटेश्वर स्टोर पुनः सञ्चालनमा

अर्थ प्लस
भाट–भटेनी सुपरमार्केटद्वारा कोटेश्वर स्टोर पुनः सञ्चालनमा

काठमाण्डौ । भाट–भटेनी सुपरमार्केटले जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपर स्टोर पुनः सञ्चालनमा ल्याएको घोषणा गरेको छ ।

माघ २४ गते शनिबार बिहान १० बजेदेखि कोटेश्वरस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा आएको हो। यो पुनः सञ्चालनले भाट–भटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।

भाट–भटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडलका अनुसार हालैको घटनाबाट प्रभावित भए तापनि, भाट–भटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूको सहयोग र विश्वासका कारण छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न सफल भएको छ। कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै बाँकी स्टोरहरू पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने जानकारी पौडेलले दिएका छन्।

भाट–भटेनी सुपरमार्केटले यस कठिन समयमा साथ, सहयोग र धैर्यताका लागि सम्पूर्ण ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालाहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

भविष्यमा पनि भाट–भटेनी सुपरमार्केटले गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै निरन्तर सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ । 

सम्बन्धित समाचार