Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सुपर खुदी हाइड्रोपावरको आईपीओ आउँदै, न्यूनतम १० कित्ता आवेदन दिन सकिने

सुपर खुदी हाइड्रोपावरको आईपीओ आउँदै, न्यूनतम १० कित्ता आवेदन दिन सकिने

अर्थ प्लस
सुपर खुदी हाइड्रोपावरको आईपीओ आउँदै, न्यूनतम १० कित्ता आवेदन दिन सकिने

काठमाडाैं।  सुपर खुदी हाइड्रोपावरले आगामी फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि कुल १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो।

यसअघि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले यस पटक कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको सेयर निष्कासन गर्न लागेको हो।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा फागुन १० गते र ढिलोमा फागुन १९ गतेसम्म बन्द हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार