Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

अप्रिलमा भित्रिए एक लाख ११ हजार पर्यटक, कुन देशबाट कति ?

अप्रिलमा भित्रिए एक लाख ११ हजार पर्यटक, कुन देशबाट कति ?

अर्थ प्लस
अप्रिलमा भित्रिए एक लाख ११ हजार पर्यटक, कुन देशबाट कति ?

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन् ।

काठमाडौं, बैशाख २१ । पर्यटकीय सिजन चलिरहँदा पर्यटकको आगमन बढेको छ। सन् २०२४ मा पर्यटक आगमन औसत मासिक १ लाखभन्दा माथि पुगेको देखिएको हो । 

पर्यटन बोर्डका अनुसार यो सन् २०२३ को अप्रिलको संख्यामा १२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष २०२३ को अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए तर, यस बर्षको अप्रिलमा मात्रै एक लाख ११ हजार पर्यटक नेपाल भित्रिएका छन् । 

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख १६ हजार ६९ पर्यटक नेपाल आएका छन् । यस आकडाअनुसार मासिक १ लाख ४ हजार १७ पर्यटक नेपाल आएका छन् ।

यस्तै, यसअघि सन् २०२२ मा ६१ हजार ५८९, सन् २०२१ मा २२ हजार ७३२, सन् २०२० मा १४ जना सन् २०१९ मा एक लाख ८ हजार १०६ पर्यटक आएका थिए।

२०२४ को कुन महिना कति आए पर्यटक ?

जनवरी– ७९ हजार १००
फेब्रुअरी– ९७ हजार ४२६
मार्च–  १ लाख २८ हजार १६७
अप्रिल– १ लाख ११ हजार ३७६

कुन देशबाट कति आए ? 

नेपाल आउने पर्यटकमध्ये भारतीय पहिलो स्थानमा छन् । पछिल्लो चार महिनामा भारतबाट मात्र १ लाख १० हजार ५ सय ७३  पर्यटक आएका छन् । २०२४ अप्रिलमा मात्र भारतबाट ३० हजार १ सय ५८ जना नेपाल आएका छन् ।

त्यस्तै अमेरिकाबाट नौ हजार ९४७, चीनबाट नौ हजार ७५०, बेलायतबाट पाँच हजार ३९१ र अष्ट्रेलियाबाट चार हजार ११० पर्यटक भित्रिएका छन्। 

त्यस्तै बंगलादेशबाट चार हजार, फ्रान्सबाट तीन हजार ७५५, जर्मनीबाट तीन हजार २७०, रसियाबाट दुई हजार ९७७ र माल्दिभ्सबाट दुई हजार ३१० पर्यटक भित्रिएका छन्।

सम्बन्धित समाचार