Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सेयरधनीलाई लाभांश जानकारी पठाउँदा विवरण स्पष्ट खुलाउन नेप्सेको निर्देशन

सेयरधनीलाई लाभांश जानकारी पठाउँदा विवरण स्पष्ट खुलाउन नेप्सेको निर्देशन

अर्थ प्लस
सेयरधनीलाई लाभांश जानकारी पठाउँदा विवरण स्पष्ट खुलाउन नेप्सेको निर्देशन

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचिकृत सम्पूर्ण कम्पनी र सेयर रजिष्ट्रारहरुलाई लाभांश वितरण गर्दा विवरण स्पष्ट खुलाउन निर्देशन दिएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै सूचिकृत कम्पनी तथा सेयर रजिष्ट्रारलाई उक्त निर्देशन दिएको हो ।

नेप्सेले सेयरधनीलाई इमेल, एसएमएसलगायत माध्यमबाट जानकारी पठाउँदा स्टक सिम्बोल, आर्थिक वर्ष र लाभांश दर वा ब्याजदर प्रतिशत अनिवार्य रूपमा उल्लेख गर्न आग्रह गरेको छ ।

यस्तै, ऋणपत्र वा डिबेञ्चरको पनि ब्याजदर स्पष्ट खुलाएर मात्र पठाउन निर्देशन दिएको छ ।

सम्बन्धित समाचार