Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सूर्यज्योति लाइफको एजीएम आज, ३५% लाभांश पारित गरिँदै

सूर्यज्योति लाइफको एजीएम आज, ३५% लाभांश पारित गरिँदै

अर्थ प्लस
सूर्यज्योति लाइफको एजीएम आज, ३५% लाभांश पारित गरिँदै

काठमाडौं, बैशाख २१ । ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफको १६औं वार्षिक साधारण सभा (एजीएम) आज (वैशाख २१ गते) बस्दैछ । सभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा विहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले चुक्ता पूँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशत बोशन शेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरणको प्रस्ताव पारित गर्नेछ ।

चुक्ता पूँजी वृद्धि गर्ने, गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा सोको लागि संचालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने एजेण्डा पनि रहेका छन् ।

सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते एक दिन बुक क्लोज गरिसकेको छ । जसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले मात्रै सभामा भाग लिन र पारित लाभांश पाउनेछन् ।

सम्बन्धित समाचार