Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

६ महिनामा सवा ३ अर्ब बढी राजस्व संकलन

६ महिनामा सवा ३ अर्ब बढी राजस्व संकलन

अर्थ प्लस
६ महिनामा सवा ३ अर्ब बढी राजस्व संकलन

काठमाडाैं। हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड ८ लाख ९९ हजार राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको प्रथम ६ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व संकलन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख १० हजारले  बढी हो।

यसैगरी, चालु आवको पहिलो छ महिनामा अन्तशुल्कतर्फ रु एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ रु ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ रु २७ करोड ७३ लाख दुई हजार, ब्याजकरतर्फ रु तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ रु ८१ लाख २६ हजार राजस्व संकलन उक्त कार्यालयले जनाएको छ।

गत आवको सोही अवधिमा  रु तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व सङ्कलन भएको थियो। उक्त कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धितर्फ पाँच हजार ८४९, अन्तशुल्कतर्फ एक हजार ५९८, विथहोल्डतर्फ ७११ र व्यक्तिगततर्फका ८१ हजार ८१२ करदाता सूचीकृत छन्।

कर दाखिला गर्न आनाकानी गर्ने करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरी रु १० करोड बक्यौता असुली भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बताए। 
 

सम्बन्धित समाचार