Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

जापान निर्वाचनः प्रधानमन्त्री ताकाइचीको पार्टीको ऐतिहासिक जित

जापान निर्वाचनः प्रधानमन्त्री ताकाइचीको पार्टीको ऐतिहासिक जित

अर्थ प्लस
जापान निर्वाचनः प्रधानमन्त्री ताकाइचीको पार्टीको ऐतिहासिक जित


काठमाडौं । जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री साने ताकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जित हासिल गरेको छ।जापानको प्रतिनिधि सभाका कुल ४६५ सिटमध्ये एलडीपी एक्लैले ३१६ सिट जितेको हो। जबकि बहुमतका लागि २३३ सिट भए पुग्छ।

एलडीपी गठबन्धनले भने कुल ३५२ सिट जितेको छ। एलडीपीको यो जित अहिलेसम्मकै ठुलो हो। यसअघि उसले सबैभन्दा बढी सन् १९८६ मा ३०० सिट जितेको थियो।

चुनाव जितेपछि प्रधानमन्त्री ताकाइचीले जापानलाई बलियो र समृद्ध बनाउन आफ्ना नीति अगाडि बढाउने बताएकी छन्। आवश्यक परे आफू विपक्षीसँग काम गर्न तयार रहेको पनि बताएकी छन्।

सम्बन्धित समाचार