Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

मध्य भोटेकोशी जलविद्युत पूर्ण उत्पादनमा, घाटाबाट नाफामा उछाल

मध्य भोटेकोशी जलविद्युत पूर्ण उत्पादनमा, घाटाबाट नाफामा उछाल

अर्थ प्लस
मध्य भोटेकोशी जलविद्युत पूर्ण उत्पादनमा, घाटाबाट नाफामा उछाल

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि पूर्ण उत्पादन चरणमा प्रवेश गरेपछि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको वित्तीय अवस्था मजबुत बनेको छ। कम्पनीले समीक्षा अवधिमा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा १ करोड ९१ लाख रुपैयाँ घाटा भएको थियो।

विद्युत बिक्री आम्दानी उल्लेखनीय रूपमा बढ्दै ८१ करोड रुपैयाँ पुगेको छ। तर वित्तीय आम्दानी भने अघिल्लो वर्षको १९ लाख ३७ हजार रुपैयाँबाट घटेर ८ लाख ४० हजारमा सीमित भएको छ।

कम्पनीको रिटेन्ड अर्निङ अझै ऋणात्मक अवस्थामा रहँदै ३३ करोड ३६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९४.४४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८०.२८ रुपैयाँ र तरलता अनुपात १.२५ गुणा कायम भएको छ।

सम्बन्धित समाचार