Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

माण्डु हाइड्रोपावरको विद्युत बिक्री सामान्य आम्दानी घट्यो, नाफा भने बढ्यो, कसरी?

माण्डु हाइड्रोपावरको विद्युत बिक्री सामान्य आम्दानी घट्यो, नाफा भने बढ्यो, कसरी?

अर्थ प्लस
माण्डु हाइड्रोपावरको विद्युत बिक्री सामान्य आम्दानी घट्यो, नाफा भने बढ्यो, कसरी?

काठमाडौं, बैशाख २१ । माण्डु हाइड्रोपावर लिमिटेड (MANDU) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५९ करोड ८५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने समीक्षा अवधिमा बढेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १२.३२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २२ करोड १५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २.८३ प्रतिशत र सञ्चालन मुनाफा ४.४१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २३.८४ प्रतिशत घटेको छ।

कम्पनीको बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको यस्तो प्रतिशेयर आम्दानी भने २५ पैसा घटेर २१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा रहेको छ।

१ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार