Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सालपा विकास बैंकको आईपीओ नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार सुरु

सालपा विकास बैंकको आईपीओ नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार सुरु

अर्थ प्लस
सालपा विकास बैंकको आईपीओ नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार सुरु

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सूचीकृत भएको छ। बैंकको सेयर ‘SABBL’ सिम्बोलबाट कारोबारमा आउनेछ।

१०० रुपैयाँ अंकित मूल्यमा जारी गरिएको कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर सूचीकृत भएको छ। यसमध्ये सर्वसाधारणलाई वितरण गरिएको ३५ लाख कित्ता (३३ प्रतिशत) र संस्थापक सेयरधनीको हिस्सा ६७ प्रतिशत रहेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। सोमबारदेखि सालपा विकास बैंकको सेयर नेप्सेमा कारोबार सुरु हुने भएको छ।

सम्बन्धित समाचार